Logo

नेपाल विश्वको छैठौ महंगो देश, घरजग्गा प्रतिव्यक्ति आम्दानीभन्दा ३३ गुणा महंगो

नेपाल विश्वको छैठौ महंगो देश, घरजग्गा प्रतिव्यक्ति आम्दानीभन्दा ३३ गुणा महंगो



काठमाडौं । यदि तपाइँ घर किन्न योजना बनाउँदै हुनुहुन्छ भने, तपाइँको खल्तीमा बोझ बढ्दै गइरहेको छ। देशमा घरको भाउ बढ्ने क्रम निरन्तर जारी छ ।

ग्लोबल होम प्राइस इन्डेक्सका अनुसार नेपाल घरजग्गा खरीदका लागि विश्वकै छैठौं महँगो स्थान बनेको छ । प्रति व्यक्ति वार्षिक आयको तुलनामा घर जग्गाको मूल्यको अनुपात ३२.८ गुणा पुग्नाले नेपाल विश्वको छैठौं महँगो स्तरमा पुगेको हो ।

यो सूचीमा सिरिया पहिलो स्थानमा रहेको छ भने घाना, हङकङ, चीन, श्रीलंका नेपालभन्दा माथि रहेका छन् । १०७ देश समेटिएको सूचीमा युनाइटेड अब इमिरेटस सबैभन्दा पुछारमा रहेको छ । भने छिमेकी देश भारत ८० औं स्थनामा रहेको छ ।

नेपालको अर्थतन्त्र अधिकांश रूपमा रेमिट्यान्स, आयात, कर्जा र घरजग्गाको कारोबारको वरिपरि घुमिरहेको छ । जब जब घर जग्गाको कारोबारमा मन्दी छाउँछ, बैंकिङ तथा वित्तिय क्षेत्रको समस्या विस्तार हुने र अर्थतन्त्रमा समेत मन्दी आउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL