Logo

नेशनल लाईफको ब्रान्च मेनेजर कन्फ्रेन्स सम्पन्न, १५० बढी कर्मचारी सहभागि

नेशनल लाईफको ब्रान्च मेनेजर कन्फ्रेन्स सम्पन्न, १५० बढी कर्मचारी सहभागि



नेशनल लाईफ इन्स्योरेन्स ले ३ दिने ‘ब्रान्च मेनेजर कन्फ्रेन्स’ सम्पन्न गरेको छ । कम्पनीले नगरकोटस्थित होटल मिस्टिक माउण्टेनमा उक्त कन्फ्रेन्स सम्पन्न गरेको हो ।

laxmi

कम्पनीका शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरुको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा जीवन बीमा व्यवसाय संग सम्वन्धित वर्तमान पाटो बारे विवेचना गरिएको थियो । यस्तै चालू आवको बाँकी अवधिको व्यवसायिक खाका कोर्ने उदेश्यले पनि कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।
विभागिय प्रमुख तथा देशैभरीबाट शाखा प्रमुख एवं मार्केटिङ कर्मचारीहरु गरी कन्फ्रेन्समा १५० जना भन्दा बढिको सहभागिता रहेको थियो । उक्त सम्मेलनको उद्घाटन् गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले बीमा व्यवसाय प्रतिष्पर्धात्मक र जटिल हुँदै गैरहेको स्थितीमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हासील गरी बीमा बजारमा अग्र स्थानमा पुर्याउन सबैले आ– आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताए ।

यसैगरी, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका निर्देशक सुशील देव सुवेदीले बीमा ऐन २०७९ ले व्यवस्था गरेका बिषयहरुमा प्रस्तुती दिनु हुँदै नयाँ बीमा ऐन २०७९ जारी भएपछि प्राधिकरणले बीमा संग सम्वन्धित हरेक विषयलाई कानुनी रुपमा नै नियमन गर्न सक्ने फराकिलो दायरा तय भएको बारेमा विस्तृत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL