Logo

रवि लामिछानेले पाए नयाँ नागरिकता, अब के गर्लान ?

रवि लामिछानेले पाए नयाँ नागरिकता, अब के गर्लान ?



काठमाडौं । रवि लामिछानेले नयाँ नागरिकता लिएका छन् । यसअघि शुक्रबार सर्वाेच्च अदालतले उनका विरुद्ध फैसला गरिदिएपछि उपप्रधानमन्त्री, गृहमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीको पार्टी सभापतिलगायत पद खारेज भएको थियो । सोही अनुसार उनले आजै जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नयाँ नागरिकता लिएका हुन् ।

अमेरिकाको परिचयपत्र त्यागिसकेका उनले नेपाली नागरिकता लिनका लागि पुनः कुनै प्रक्रिया अघि बढाएका थिएनन् । सोही अनुसार सर्वाेच्च अदालतमा उनले नागरिकताका लागि प्रक्रिया नचालिकनै प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका थिए ।

उनले नागरिकता लिएसँगै गैरसांसद मन्त्री हुने अवस्था कायमै छ । ६ महिनासम्म गैरसांसदले मन्त्रालयको जिम्मेवारी सम्हाल्दा सम्हाल्दै संसदको सदस्य भने बन्नुपर्ने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस्
MBL