Logo

गृहमन्त्री रवि लामिछानेको नागरिकता अवैधानिक ठहर, सांसद पद खारेज (सर्वाेच्चको फैसलासहित)

गृहमन्त्री रवि लामिछानेको नागरिकता अवैधानिक ठहर, सांसद पद खारेज (सर्वाेच्चको फैसलासहित)



काठमाडौं । गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज भएको छ । सर्वोच्च अदालतले शुक्रबार उनका विरुद्ध परेको रिटको फैसला गरेपछि उनको सांसद पद खारेज भएको हो ।

सांसदमा उम्मेद्वारी मनोनयनका क्रममा गृहमन्त्री लामिछानेले अमेरिकी नागरिकता परित्याग गरेपछि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया नै नथालेकाले उनको उम्मेदवारी र निर्वाचित गर्ने निर्णय खारेज भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछाने चितवन–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । सांसद पद खारेज भएसँगै उनको गृहमन्त्री र उपप्रधानमन्त्री पद पनि खारेज भएको छ ।

[googleapps domain=”drive” dir=”file/d/1DBuWRA7y4neT4cM9lBC9BehGAVC2MdAq/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL