Logo

संसद भवन अगाडि आत्मदाह प्रयास गरेका व्यवसायी आचार्यको निधन

संसद भवन अगाडि आत्मदाह प्रयास गरेका व्यवसायी आचार्यको निधन



काठमाडौं । संघीय संसद भवन अगाडि मंगलबार आत्मदाहको प्रयास गरेका व्यवसायी प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको डा। किरण नकर्मीले जानकारी दिए ।

शरीरमा पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्यका शरीरको ८० प्रतिशत भाग जलेको थियो । घटनास्थलबाट तत्कालै कीर्तिपुरस्थित बर्न अस्पताल लगिएर उनको उपचार थालिएको थियो । मंगलबार साँझ स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्की पनि अस्पताल पुगेकी थिइन् । घाइते आचार्यले हिजो राज्यमन्त्री कार्कीसँग कुरा समेत गरेका थिए । उनले गृहमन्त्री रवि लामिछाने र प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पठाइ दिन समेत राज्यमन्त्री कार्कीसँग आग्रह गरेका थिए ।

शरीरमा आगो लगाउनु अघि उनले जीवन भोगाइका लामो आत्मालाप सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए । उनले सफलताका लागि अनेक प्रयास गर्दा पनि हारेको गुनासो गरेका थिए । उनी पछिल्लो समय इलामबाट चिया, छुर्पी, घ्युलगायतका उत्पादन काठमाडौं ल्याएर विक्री गर्ने काम गरिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL