Logo

सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित, कति पाए मत ?

सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित, कति पाए मत ?



काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेक देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबार प्रतिनिधिसभामा भएको मतदानमा उनको पक्षमा १ सय ६७ मत आएपछि उनी निर्वाचित भएका हुन् ।

उनको विपक्षमा रहेकी नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले १ सय मत प्राप्त गरेकी छन् । प्रतिनिधिसभाका २ सय ७५ मध्ये २ सय ६८ जना मतदानमा सहभागी भएका थिए । एक जना सांसद भने तटस्थ रहे ।

प्रतिक्रिया दिनुहोस्
MBL