Logo

नवनियुक्त मन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

नवनियुक्त मन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?



काठमाडौं । नवनियुक्त मन्त्रीहरुले मंगलबार पद तथा गोपनियताको शपथ लिएका छन् । मंगलबार सत्ताधारी पार्टीहरुले आफ्नो भागका मन्त्रालयमा मन्त्रीको जिम्मेवारी तोकिदिएपछि सोहीअनुसार नियुक्त भएका मन्त्रीहरुले राष्ट्रपतिसमक्ष शपथ ग्रहण गरेका हुन् । जसमध्ये राष्ट्रिय प्रजात पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले उपप्रधानमन्त्री तथा ऊर्जा तथा जलस्रोत मन्त्रीको शपथ लिएका छन् ।

laxmi

माओवादीबाट रेखा सर्माले सूचना, सञ्चार तथा प्रविधिमन्त्रीको शपथ ग्रहण गरेकी छन् । यस्तै अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हुँदा सुदन किराती पर्यटन तथा नागरिक उड्ययनमन्त्री र सुशीला श्रीपाली भौतिक पूर्वाधार राज्यमन्त्री भएकी छन् । माओवादीबाटै नारायणकाजी श्रेष्ठ यसअघि नै उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री भइसकेका छन् ।

नेकपा एमालेबाट डा. विमला राई पौडेल, पदम गिरी, भगवती चौधरी र हरि उप्रेती मन्त्री नियुक्त भएका छन् । पौडेल परराष्ट्र र गिरी स्वास्थ्य मन्त्री बनेका छन् ।

राप्रपाबाट सहरी विकासमन्त्रीमा उपाध्यक्ष बिक्रम पाण्डे र कानुनमन्त्रीमा ध्रुवबहादुर प्रधान रहेका छन् । राप्रपाबाटै दीपक सिंह उर्जा राज्यमन्त्री बनेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याललाई श्रम र शिशिर खनाललाई शिक्षा मन्त्री नियुक्त भएका छन् । यस्तै तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा बनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
MBL