Logo

६ महिनामा सुनको मूल्यमा १२ हजारको वृद्धि, किन हुन्छ उत्तारचढाव ?

६ महिनामा सुनको मूल्यमा १२ हजारको वृद्धि, किन हुन्छ उत्तारचढाव ?



काठमाडौं । चालु आर्थिक बर्षको ६ महिनामा नेपाली गहना बजारमा तीव्र उत्तरचढाव देखियो । विश्व बजारमै सुनको मूल्यमा उत्तारचढाव भएपछि त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि पर्यो र ६ महिनाकै बीचमा सुनको मूल्य १२ हजार प्रतितोलासम्मले बढ्यो ।

laxmi

गएको साउन १ गते अर्थात चालु आवको पहिलो दिन नेपाली बजारमा सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको थियो । त्यसको ६ महिनापछि अर्थात सोमबार मात्रै नेपाली बजारमा सुन बढेर १ लाख ५ हजार २ सय रुपैयाँ पुग्यो । यो ६ महिना अघिको तुलनामा प्रतितोला करिाव १२ हजार रुपैयाँले बढी हो ।

महासंघका अनुसार यसबीचमा गत असोज ५ गते सुनको मूल्य घटेर ९१ हजार ३ सय रुपैयाँको विन्दुमा पनि पुगेको थियो । उक्त दिन सुनको मूल्य चालू आवकै न्युन विन्दुमा पुगेको हो । त्यसपछिका दिनमा पुनः सुन उत्तरचढाव हुँदै आजसम्म आईपुग्दा १ लाख ५ हजार १ सय रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।

यता विश्व बजारको कुरा गर्दा यस अवधिमा सुनको मूल्य १२ प्रतिशतले बढेको देखिन्छ । गोल्डप्राइसका अनुसार ६ महिना अघि प्रतिऔंस १ हजार ७ सय डलर आसपासमा कारोबार भईरहेको सुनको मूल्य पछिल्लो ६ महिनामा मात्रै २ सय डलर बढीले वृद्धि हुँदै १ हजार ९ सय डलर आसपास पुगेको हो ।

यसबीचमा अन्तरराष्ट्रि बजारमा गत सेप्टेम्बरको अन्तिमतिर सुनको मूल्य प्रतिऔंस १६ सय डलर आसपासमा पुगेको थियो । त्यसबेला नेपाली बजारमा पनि सुनको मूल्य अत्याधिक घट्दा ९१ हजार रुपैयाँ प्रतितोलाको आसपासमा पुगेको थियो ।

यसरी लगातार मूल्य बढिरहँदा नेपाली बजारमै सुनको व्यापार पनि घटेको सम्बन्धित व्यवसायीहरु बताउँछन् । पछिल्लो समय सुन व्यापारमा तीव्र गिरावट आएको एक व्यापारीले बताए । उनका अनुसार लगनको सिजन सकिएसँगै मूल्यमा पनि उच्च वृद्धि भएपछि नेपालमा सुनको माग ह्वात्तै घटेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL