Logo

मन्त्रालय बाँडफाँडमा ८ को फर्मुला, कुन दललाई कति मन्त्रालय ?

मन्त्रालय बाँडफाँडमा ८ को फर्मुला, कुन दललाई कति मन्त्रालय ?



काठमाडौं । सत्ता गठबन्धन दलले नयाँ फर्मुलाअनुसार मन्त्रालय बाँडफाँडको तयारी गरेका छन् । सोमबार केपी ओली निवास बालकोटमा भएको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको भेटमा प्रति ८ सांसदबापत एक मन्त्रालय पाउने निर्णय गरिएको हो ।

laxmi

जसअनुसार नेकपा एमालेले ८ मन्त्रालय र २ राज्य मन्त्री पाउनेछ भने माओवादीले ४ मन्त्रालय पाउनेछ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले सबै गरेर ३ मन्त्रालय पाउँदा राप्रपाले २ मन्त्रालय पाउने निश्चित भएको हो । यता नागरिक उन्मुक्ती पार्टी, लोसपा, जनमत पार्टीले एक एक मन्त्रालय पाउने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL