Logo

विद्युत प्रणालीमा १३ लाख युनिट बिजुली अपुग, मागबमोजिम आयात गर्न पनि पाइएन

विद्युत प्रणालीमा १३ लाख युनिट बिजुली अपुग, मागबमोजिम आयात गर्न पनि पाइएन



काठमाडौं । नेपालको विद्युत प्रणालीमा सुक्खायाम लागेसँगै बिजुली अभाव बढ्दै गएको छ । नेपाल विद्युत प्राधिकरणका अनुसार नेपालमा विद्युत उत्पादन कम र भारतबाट पनि आपूर्ति न्यून हुँदा प्रणालीमा पिक आवरमा खासगरी विद्युत अपुग देखिएको हो ।

नेपालमा बिजुलीको खपत घटबढ भइरहन्छ । कहिले पिक आवरमा उच्च डिमान्ड हुन्छ भने कहिले सोचेअनुसार पनि माग हुँदैन । शनिबारकै कुरा गर्दा त्यसदिन नेपालभर विजुलीका माग २८ हजार ८ सय ५४ मेगावाट आवर थियो । तर, नेपालभित्रको उत्पादन र आयातित विजुली जोडेर जम्मा २७ हजार ५ सय ४४ मेगावाट आवर मात्रै पुग्यो बाँकी रहेको माग अर्थात मागमध्ये १३ सय १० मेगावाट आवर झण्डै १३ लाख १० हजार युनिट बिजुली पुर्याउन सकिएन् ।

नेपालमा धेरैजसो जलविद्युत आयोजनाहरु नदी प्रवाहमा आधारित भएकाले नदीमा पानीको वहावअनुसार विद्युत उत्पादन हुन्छ । बर्षायाममा धेरै पानी परेर नदीको बहाव बढेपछि नेपालमा आवश्यकभन्दा बढी विजुली उत्पादन हुन्छ र भारत निर्यात गर्नुपर्ने अवस्था आउँछ । यसैगरी सुक्खायाममा नदीको बहाब घट्दै जाँदा नेपालमा जलविद्युत आयोजनाहरुबाट उत्पादन हुने विजुली पनि घट्दै जान्छ र नेपालका् प्रणालीमा आवश्यक विद्युत पनि भारतबाट आयात गर्नुपर्ने अवस्था आउँछ ।

सोहीअनुसार नेपालमा अपुग भएको विजुली भारतबाट आयात गरेर काम चलाइरहेको विद्युत प्राधिकरणले अधिकतम मूल्यमा पनि भारतीय विजुली किन्न नपाएपछि नेपाली विद्युत प्रणालीमा आपुर्ति न्युन भएको प्राधिकरणका प्रवक्ता शुरेशबहादुर भट्टराई बताउँछन् । नेपालमा अपुग भएको विजुली बिहार हुँदै आयात गर्ने गरिएको थियो । तर, भारतमै विजुली अपुग भएपछि प्राधिकरणले अधिकतम मूल्य अर्थात प्रतियुनिट भारु १२ (करिव २० रुपैयाँ)मा पनि बिड गर्न नपाएको प्रवक्ता भट्टराईले बताए ।

‘भारतमै विजुली अभाव भएर होला हामीले अधिकतम मूल्यमा बिड गर्दा पनि भारतीय बिजुली पाएका छैनौँ,’ उनले भने, ‘जसका कारण पछिल्लो ८ १० दिनदेखि प्रणालीमा पिक आवरमा विजुलीको माग धान्न अप्ठ्यारो भएको छ ।’ उनले प्रणालीमा देखिएको इन्टरप्सन कतिपय स्थानमा ट्रान्समिसन लाइनमा समस्या आउँदा पनि देखिने बताए । तर, नेपालमा हाल ६ सय देखि ७ सय मेगावाट दैनिक पिक आवरमा विजुली अभाव हुने उनको भनाई छ ।

पछिल्लो समय उद्योगी व्यवसायीहरुले पनि विद्युत प्राधिकरणले अघोषित लोडसेडिङ गरेर उद्योगहरुमा बिजुली नदिएको बताउँदै आएका छन् । बिजुलीको अभावकै कारण उद्योगहरु पनि बन्द भएको उनीहरुको भनाई छ । तर, प्राधिकरण भने सबै उद्योगमा यस्तो समस्या नभएपनि केहि ठूलो उद्योगमा मात्रै यस्तो समस्या देखिएको बताउँछ ।

नेपालमा आपुर्ति धान्नका लागि भन्दै प्राधिकरणले भारतबाट विजुली ल्याउने प्रयास गरेपनि मागअनुसारको विजुली आयात गर्न पाईरहेको छैन । जसका कारण केहि ठुलो उद्योगमा मात्रै विजुलीको आपुर्ति पुर्याउन नसकिएको प्राधिकरणका प्रवक्ता भट्टराईले बिजखबरलाई बताए ।

शनिबारको विजुली आपुर्तिको तथ्यांक हेर्दा नेपाल विद्युत प्राधिकरणले भारतबाट २ सय ६५ मेगावाट विजुली आयात गरेको थियो । त्यसदिन नेपालमा विजुलीको पिक डिमान्ड १ हजार ५ सय ९१ मेगावाट पुगेको थियो । जसमध्ये नेपालमा ११ सय २६ मेगावाट विजुली मात्रै उत्पादन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL