Logo

यति एयरलाइन्सका आज सबै उडान बन्द, आपतकालीन र उद्धार उडान भने जारी रहने

यति एयरलाइन्सका आज सबै उडान बन्द, आपतकालीन र उद्धार उडान भने जारी रहने



काठमाडौं । यती एयरलाइन्सले आज तय गरिएका सबै उडान बन्द गरेको छ । यति एयरलाइन्सले आइतबार नै विज्ञप्ति जारी गरी सोमबारका लागि पूर्वनिर्धारित सबै उडान रद्द गरेको जनाएको हो ।

laxmi

एयरलाइन्सले आपत्कालीन र उद्धार उडान भने जारी रहने जनाएको छ । आइतबार बिहान १० बजेर ३२ मिनेटमा काठमाडौंबाट पोखराका लागि उडेको ९एनएएनसी विमान पोखरा विमानस्थलनजिक सेती नदीको खोँचमा खसेको थियो ।

उक्त विमानमा चालक दलका चार सदस्यसहित ७२ जना सवार थिए । त्यसमध्ये हालसम्म ६८ शव फेला परेको नेपाल नागरिक उड्ड्यन प्राधिकरणले जनाएको छ । बाँकी रहेका तीन जनाको पनि जिवित उद्धा र सम्भावना सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL