Logo

बिक्री नहुने भएपछि व्यवसायीले छुटाएनन् भन्सारमा आएका ४५ सय गाडी, नयाँ एलसी खोल्न पनि देखिएन आकर्षण

बिक्री नहुने भएपछि व्यवसायीले छुटाएनन् भन्सारमा आएका ४५ सय गाडी, नयाँ एलसी खोल्न पनि देखिएन आकर्षण



काठमाडौं । गाडी आयातकर्ताले एलसी खोलेर भन्सार नाकामा आएका गाडीसमेत छुटाउन छाडेका छन् । भन्सार क्लियरेन्स गरेर नेपाल भित्र्याउँदा राजस्व वापत ठूलो रकत तिर्नुपर्ने तर, नेपालमा गाडी बिक्री नहुनेभएपछि आयातकर्ताले भन्सार नाकाबाट नछुटाएका हुन् ।

laxmi

पछिल्लो समय भन्सार नाकामा करिव ४ हजार ५ सय गाडी थन्किएर बसेको सम्बद्ध अटो व्यवसायीहरु बताउँछन् । ‘१० महिनादेखि भन्सार नाकामा गाडी आएर बसेको छ,’ एक गाडी आयातकर्ताले भने, ‘तर, नेपालमा ल्याएर बिक्री नहुने भएपछि कसैले पनि छुटाउन चासो नदेखाएका छैनन् ।’

भन्सार नाकाबाट गाडी छुटाउँदा खरिद मुल्यको ३ गुणासम्म भन्सार तिर्नु पर्दछ । बैंकबाट गाडी आयातको लागि कर्जा नपाईने र पाएपनि नेपालमा ल्याएर बिक्री नभई त्यतिकै थन्एिर बन्दा ठूलो रकम होल्ड भई ब्याजको भार समेत बढ्ने भएकाले भन्सारबाटै नछुटाएको व्यवसायीहरुको भनाई छ । ‘भन्सार छुटाउने वित्तिकै राजस्व वापत ठूलो रकम खर्च हुन्छ,’ एक गाडी आयातकर्ताले भने, ‘त्यसरी खर्च गरेर ल्याएको गाडी बिक्री नहुने भएपछि किन तत्काल राजस्व तिरेर भन्सारबाट छुटाउनु ।’

पछिल्लो समय गाडी बिक्रीमा उल्लेखनीय गिरावट आउनुका साथै सोही अनुरुप सोरुम समेत बन्द हुने क्रम बढेको महिन्द्र गाडी आयातकर्ता अग्नी ग्रूपका अध्यक्ष क्याबिनेट श्रेष्ठले बताउँछन् । ‘अहिले सवारीसाधन बिक्रीमा ८० प्रतिशतभन्दा बढीले गिरावट आएको छ भने विभिन्न कम्पनीका गरी ६० भन्दा बढी सोरुम बन्द भईसकेका छन्,’ उनले भने, ‘नेपालमा गाडी ल्याएर पनि बिक्री नहुने भएपछि अहिले आयातकर्ताले भन्सार नाकामा आएका गाडी समेत छुटाएका छ्रैनन् ।’ हाल विभिन्न भन्सार नाकामा गरी ४५ सयभन्दा गाडी रोकिएर बसेको समेत उनले जानकारी दिए ।

यसैगरी सरकारले गाडी आयातमा लगाएको प्रतिबन्ध खुला गरेपछि पनि एलसी खोल्नका लागि गाडी आयातकर्ताले चासो नदेखाएको उनको भनाई छ । ‘१० महिनापछि गाडी आयात खुल्दा अहिलेसम्म मुस्किलले ५ देखि ७ सय गाडीको लागि एलसी खोलिएका होला, त्यो पनि नयाँ मोडल र नन कमर्सियल मात्रै छन्,’ उनले भने, ‘अहिले कमर्सियल सवारीको बिक्री त ठप्प जस्तै छ ।’

यसैगरी स्याङ्योङ गाडी आयातकर्ता आईएमएस मोटर्सका अध्यक्ष दिपक मल्होत्रा पनि अहिले गाडी बिक्री ठप्प नै भएको बताउँछन् । ‘सरकारले गाडी आयातमा प्रतिबन्ध लगाउनु अघि हामीसँग सोरुमा ८ वटा गाडी थियो,’ उनले भने, ‘अहिले पनि सोरुपमा तिनै ८ वटै गाडी छन् एउटा पनि बिक्री भएको छैन ।’ पछिल्लो समय गाडी खरिद मात्र नभई गाडी खरिदका लागि बुझ्न आउने ग्राहकसमेत नभएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL