Logo

भ्रष्टाचारका हालसम्मका सबै फाईलहरुको निर्मम छानविन हुनेछ : गृहमन्त्री लामिछाने

भ्रष्टाचारका हालसम्मका सबै फाईलहरुको निर्मम छानविन हुनेछ : गृहमन्त्री लामिछाने



काठमाडौं । गृहमन्त्री रवि लामिछानेले हालसम्मका सबै ठुला, साना र काण्डका फाईलहरुमा निर्मम तरिकाले छानविन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले सबै किसिमका भ्रष्टाचारको फाईलहरुमाथि चाँडै छानविन थाल्ने बताएका हुन् ।

laxmi

‘हामीले पाएको मत जनताको मत हो, त्यसैले जनताको ईच्छाबमोजिम हामी हालसम्मका सबै भ्रष्टाचारका फाईलमा निर्मम तरिकाले छानविन गर्नेछौं,’ उनले भने, ‘यसमा सबै दलहरुले, सांसदहरुले हातमा हात र काँधमा काँध मिलाएर अघि बढ्नुपर्नेछ ।’
उनले ठुला नेताहरुलाई आफ्ना मान्छने छुटाउन आग्रह नगर्नसमेत आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL