Logo

चन्द्र ढकाललाई प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी एउटै पारिवारिक पृष्ठभूमिबाट आएका हौं, दुबै जना आआफ्नो क्षेत्रमा सफल भयौं’

चन्द्र ढकाललाई प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी एउटै पारिवारिक पृष्ठभूमिबाट आएका हौं, दुबै जना आआफ्नो क्षेत्रमा सफल भयौं’



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई देखाउँदै आफुहरु दुवैजना एउटै पारिवारिक पृष्ठभूमिबाट आएको र अहिले दुबै जना आआफ्नो क्षेत्रमा सफल भएको बताएका छन् ।

‘चन्द्र ढकाल पनि बाग्लुङको किसान परिवारमा हुर्केर व्यवसायमा लाग्नु भयो म पनि सामान्य किसान परिवारमा हुर्केर राजनीतिमा लागे,’ ग्लोबल आईएमई बैंकर बिओकेको मर्जर कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘ढकालजीले छोटो समयमा आर्थिक र व्यवसायीक क्षेत्रमा सफल मात्र नभई अब्बल हुनुभयो भने मैले देखि राजनीतिक क्षेत्रमा छोटो समयमै सफलता प्राप्त गरे ।’

मर्जरपश्चात ग्लोबल आईएमई बैंक देशकै ठूलो बैंक बनेको र अबका दिनमा बलियो र सशक्त भई देशमा निर्माण हुने ठूला परियोजनामा स्रोत जुटाउन सहज हुने प्रधानमन्त्री दाहालले बताए । ‘देशमा सुशासन कायम गर्दै उच्च आर्थिक वृद्धि हासिल गर्नुपर्नेछ,’ उनले भने, ‘अब बैंकिङ क्षेत्रले वित्तीय साक्षरता र आर्थिक क्षेत्र चलायमान बनाउन योगदान दिनु जरुरी छ ।’

साथै नतिजामुखी काम गर्न नीतिगत सुधार गर्न आवश्यक रहेको भन्दै सोहीअनुरुप सरकार अघि बढेको उनको भनाई थियो । हाल युवा रोजगारीमा लागि विदेशिन बाध्य भएको भन्दै युवालाई स्वदेशमै रोजगारी प्रदान गर्न समेत बैंकिङ क्षेत्रको ठूलो भुमिका रहने बताए ।

देशमा देखिएको समस्या समाधान गर्दै अर्थतन्त्रलाई गतिशिलता दिन वित्तीय नीति र मौद्रिक नीतिलाई सन्तुलित रूपमा अघि बढाउन पर्ने जरुरी देखिएको भन्दै त्यस क्षेत्रमा समेत सरकारले अग्रसरता लिएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL