Logo

निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य, आइओसीको बक्यौता १८ अर्बमाथि

निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य, आइओसीको बक्यौता १८ अर्बमाथि



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशनपछि निगम सञ्चालक समितिले इन्धनको मूल्य घटाएको हो । निगमले डिजेल र पेट्रोलको मूल्य ३–३ रुपैयाँले घटाएको छ ।

laxmi

अब पेट्रोलको मूल्य प्रति लिटर १७५ रुपैयाँ कायम हुनेछ भने डिजेल र मट्टितेलको मूल्य प्रति लिटर १७२ रुपैयाँ हुनेछ । निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ । हवाई इन्धनको मूल्य आन्तरिक तर्फ प्रति लिटर १९० रुपैयाँबाट १७० रुपैयाँ कायम गरेको छ भने अन्तराष्ट्रिय तर्फ १.६५४ डलरबाट १.४२० डलर कायम गरेको छ ।

नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेशनलाई १८ अर्ब रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL