Logo

प्रदेश १ को मुख्यमन्त्रीमा कार्की नियुक्त, को हुन् उनी ?

प्रदेश १ को मुख्यमन्त्रीमा कार्की नियुक्त, को हुन् उनी ?



काठमाडों । प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार नेकपा एमालेका नेता कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

झापा क्षेत्र नम्बर ५(१) बाट प्रदेशसभा सदस्यमा दोस्रो पटक निर्वाचित कार्कीलाई मुख्यमन्त्री बनाउन नेकपा माओवादी केन्द्र, राप्रपा र जनता समाजवादी पार्टीका गरी ६० सांसदले समर्थन गरेका थिए । लामो समय एमालेको विद्यार्थी राजनीतिमा सक्रिय उनी प्रदेश १ को चौथो मुख्यमन्त्री बनेका हुन् ।

नवनियुक्त मुख्यमन्त्री कार्की कुनैबेला संघीयताकै विरोधी थिए। अध्यक्ष केपी शर्मा ओलीनिकट उनी संघीयताबारे असन्तोष प्रकट गर्नेमध्येका एक हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL