Logo

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज ‘डेमो’ उडान हुँदै, नगरपालिकामा विदा

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज ‘डेमो’ उडान हुँदै, नगरपालिकामा विदा



काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलमा आज प्रदर्शन (डेमोस्ट्रेसन) उडान हुने भएको छ । रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तारा एअरको ट्वीनअटर विमानले प्रदर्शन उडान गर्न लागेको हो ।

आज बिहान ११ बजे प्रदर्शन उडान हुँदैछ । काठमाडौँबाट उडान गरेको तारा एअरको ट्वीनअटर विमानलाई गुल्मी पुग्न झण्डै ५० मिनेट लाग्ने प्राधिकरणले जनाएको छ । १८ सिट क्षमताको विमान रेसुङ्गा विमानस्थलमा झण्डै एक घण्टा रहनेछ । त्यसपछि पुनः काठमाडौँ फर्कने छ ।

तारा एअरले सुरुका दिनहरुमा रेसुङ्गा नगरपालिकाको समन्वयमा उडान गर्नेछ । यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र तारा एअरलाइन्सबीच रेसुङ्गा नगरपालिकाको तर्फबाट सम्झौता भएको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले जानकारी दिएका छन् । प्रदर्शन उडान गरेसँगै नियमित उडानका लागि प्रक्रिया थालिने यती एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले बताए ।

डेमो उडानको अवसरमा रेसुङ्गा नगरपालिका कार्यालयमा बिदा दिइएको छ । रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले नगरपालिकाको समन्वयमा विमानस्थलमा परीक्षण उडान गर्न लागिएकाले आज नगरपालिकाका सम्पूर्ण सेवा बन्द हुने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL