Logo

सुनको मूल्य १ लाख ३ हजार १ सय, कति पुग्यो चाँदीको ?

सुनको मूल्य १ लाख ३ हजार १ सय, कति पुग्यो चाँदीको ?



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँ नाघेको छ । बुधबार प्रतितोला १ लाख २ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको सुन आज बढ्दै प्रतितोला १ लाख ३ हजार १ सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको यो मूल्य रेकर्ड नजिक हो । यसअघि २०७७ साउन २३ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

यस्तै आज चाँदीको मूल्य भने घटेको छ । बुधबार प्रतितोला १४ सय रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १३ सय ८५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL