Logo

त्रिशक्ति ट्रेडर्सविरुद्ध नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा दायर, १२ करोड बढीको बिगो दाबी

त्रिशक्ति ट्रेडर्सविरुद्ध नक्कली भ्याट बिल बनाएको अभियोगमा मुद्दा दायर, १२ करोड बढीको बिगो दाबी



काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको अभियोगमा त्रिशक्ति ट्रेडर्सका सञ्चालक सिद्धिबहादुर महर्जनविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।

laxmi

विभागले राजस्व चुहावट गर्ने मनसायका साथ नक्कली मूल्य अभिवृद्धिकर कर विजक खरिद गरी वित्तीय विवरण तथा आय विवरण बनाएको पाइएको छ ।

विभागले ६ करोड १७ लाख ९२ हजार ५ सय ७९ रुपैयाँ बराबरको बिगो र ६ करोड १७ लाख ९२ हजार ५ सय ७९ रुपैयाँ सजाय गरी १२ करोड ३५ लाख बढीको बिगो दाबी गर्दै मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL