Logo

आजदेखि इस्वी सम्वतको नयाँ वर्ष सन् २०२३ शुरु, यसरी आयो इस्वी सम्वत प्रचलनमा

आजदेखि इस्वी सम्वतको नयाँ वर्ष सन् २०२३ शुरु, यसरी आयो इस्वी सम्वत प्रचलनमा



काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आइतबारबाट नयाँ वर्ष सन् २०२३ शुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सम्वत् शुरुआत भएको भन्ने भनाइ छ ।

laxmi

पोप ग्रेगोरीले जुलियन पात्रोअनुसारको सन्लाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रोअनुसारको नयाँ वर्ष भनिन्छ ।

जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए । विवादकै कारण यो पात्रो रसियाले दुई सय वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्व प्रशासक एवं ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन् ।

विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् प्रचलनमा आएको थियो भने हाल यसको विश्वव्यापी प्रचार छ । केही वर्षअघिदेखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ ।

विदेशी पर्यटकको भीडभाड हुने काठमाडौँका ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत स्थानमा ‘न्यु इयर इभ’ का नाममा यो संवत् मनाइन्छ । रासस

प्रतिक्रिया दिनुहोस्
MBL