Logo

ग्लोकल टीन हिरो ईन्डिया, श्रीलंका र बंगलादेश २०२२ को विजेता घोषणा

ग्लोकल टीन हिरो ईन्डिया, श्रीलंका र बंगलादेश २०२२ को विजेता घोषणा



काठमाडौं । ग्लोकलले सन् २०२२ का लागि भारत, बंगलादेश र श्रीलंकामा ग्लोकल टीन हिरो २०२२ संस्करण सफलताका साथ सम्पन्न गरेको छ । यो ग्लोकल टीन हिरो भारतको लागि चौथो संस्करण र ग्लोकल टीन हिरो श्रीलंकाको लागि तेस्रो संस्करण थियो।

साथै, यो वर्ष धेरै उपलब्धि साबित भयो किनकि ग्लोकलले बंगलादेशका किशोरकिशोरीहरुलाई पहिचान गर्ने लक्ष्यका साथ ग्लोकल टीन हिरो बंगलादेशको पहिलो संस्करणको सुरुवात ग¥यो। ग्लोकल टिन हिरोलाई सम्पूर्ण दक्षिण एसियामा पहल गर्ने उद्देश्यका साथ, ग्लोकलले यो अवसरलाई दक्षिण एसियाली किशोरकिशोरीहरूलाई प्रोत्साहन र विकासका लागि हस्तान्तरण गरेको छ । यस वर्ष पनि ग्लोकल टिन हिरोले भारत, श्रीलंका र बंगलादेशका विजेताको घोषणा गरेको छ ।

ग्लोकल टीन हिरो ईन्डिया २०२२ को विजेता तेलंगानाका १८ वर्षीय सामाजिक उद्यमी रुध्विक धरमकर हुन; ग्लोकल टीन हिरो बंगलादेशको विजेता ढाकाका १८ वर्षीय विज्ञान उत्साही तालहा जुबैर र ग्लोकल टीन हिरो श्रीलंकाका विजेता क्यान्डीका १७ वर्षीय कार्यकर्ता रिसांगा दिनसारा बन्दारा अबेगुनासेकेरा हुन् ।

‘ग्लोकल टिन हिरो, ग्लोकल प्रा.ली. को एक कार्यक्रम हो जहाँ किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्य गरिन्छ । वाई वाई ग्लोकल टिन हिरो एक यस्तो मंच हो जसले किशोर किशोरीहरुको कार्यहरुलाई पहिचान मात्र नगरी उनीहरुको प्रतिभा उजागर गर्न पनि मद्दत गर्दछ ।

रिसांगा दिनसारा बन्दारा अबेगुनासेकेरा (ग्लोकल टिन हिरो श्रीलंका २०२२ का विजेता) एक उद्यमी, आविष्कारक, कलाकार, एवम सामाजिक कार्यकर्ता, हुन् ।सामाजिक कार्य र सिनेमेटोग्राफीमा उनको रुचि छ । उनले समुदायमा अपाङ्गताको बारेमा चेतना बढाउन एउटा कार्यक्रम डिजाइन गरे जहाँ उनले लगभग ५०+ विभिन्न अपाङ्गता भएका युवाहरू र विभिन्न पेशाका मानिसहरूलाई अवलोकन, र अन्तरक्रिया गराएका छन्। उनले भारत, इजिप्ट, श्रीलंका र जर्मनीको प्रतिनिधित्व गर्ने देशहरूबाट एउटा टोली पनि निर्माण गरे, र परियोजना प्रमुख थिए जहाँ उनी र टोलीले अपाङ्गता भएको मानिसहरूलाई गुणस्तरीय शिक्षा र सञ्चारमा पहुँच गर्न उपकरण डिजाइन गरेका थिए ।

ताल्हा जुबैर (ग्लोकल टिन हिरो बंगलादेश २०२२ को विजेता) एक विज्ञान उत्साही हुन्, जो आणविक जीवविज्ञान, बायोटेक स्टार्टअप, दिगो कृषि, र उदीयमान प्रविधिहरूको बारेमा रुची राख्दछन् । उनले ‘जीवन विज्ञान’ विधामा कास्य पदक जितेर बंगलादेशबाट पहिलो पदक विजेता बनेका थिए। उहाँले लाभकारी माटो माइक्रोबायोम प्रयोग गरेर दिगो कृषिलाई गति दिन एग्रीटेक स्टार्टअप ‘ब्याक्टो क्रप’ स्थापना गरे । उनी अन्तरिक्ष प्रतियोगिताहरूमा शहरहरूमा विश्वव्यापी च्याम्पियन र एनएसएस स्पेस सेटलमेन्ट प्रतियोगितामा अन्तर्राष्ट्रिय तेस्रो पुरस्कार विजेता पनि बनेका छन्। भर्खरै, उनी अन्तर्राष्ट्रिय मेडिसिन र रोग ओलम्पियाड २०२२ मा बंगलादेशी टोली सदस्यको रूपमा रजत पदक विजेता बने। बाक्टो क्रपमा उनको सूक्ष्मजीव र बिरुवामा आधारित अनुसन्धान परियोजनाहरूले पर्यावरणमैत्री, प्रभावकारी कृषि उत्पादनहरू सुनिश्चित गर्ने विशाल सम्भावना बोकेर कृषि क्षेत्रमा आफ्नो योगदान दिदै आएका छन् ।

रुध्विक धरमकर (ग्लोकल टिन हिरो इन्डिया २०२२ का विजेता) एक सामाजिक उद्यमी हुन् जो हाल आफ्नो स्नातक पढिरहेका छन्। उनी फ्लेक्कोर मिडियामा संस्थापक र सीईओ हुन। उनले टेकी रुध्विक यूटयुब् पृष्ठमा प्राविधिक उत्पादनहरू र मोबाइल सफ्टवेयर अनुप्रयोगहरूमा मानिसहरूलाई शिक्षित गर्न टेक सामग्री सिर्जनाकर्ताको रूपमा काम गरिरहेका छन। उनको टोलीले मुस्तफा फाउन्डेसन र आलिया मानवीय फाउन्डेसन नामक २ गैरसरकारी संस्थाहरूलाई फ्लेकरसँग जोडिएको छ जहाँ उनले डिजिटल हुन मद्दत गरिरहेका छन् । उनको कामले ३५+ भन्दा बढी ग्राहकहरूलाई सेवा दिएको छ जसमा धेरै स्टार्टअपहरू, व्यवसायहरू, व्यापार इन्क्यूबेटरहरू र शैक्षिक संस्थाहरू पनि समावेश छन्। उनीहरूसँग काम गर्ने धेरै विद्यार्थीहरूले निःशुल्क प्रशिक्षणबाट ठोस सीपहरू प्राप्त गरिरहेका छन्, र स्टार्टअपहरूका बारेमा धेरै नयाँ कुराहरू पनि सिकिरहेका छन्।

ग्लोकल टिन हिरो श्रीलंका, भारत र बंगलादेशका लागि क्रमशः २३६, २०५ र २९१ आवेदनहरू मध्ये, छनोट गरिएको थियो। प्रत्येक राष्ट्रका ६ जना अन्तिम प्रतिस्पर्धीकोे कामको सुरुवात र प्रभावको आधारमा र व्यक्तित्व मापदण्ड, ज्ञान र दुरदर्सनको मापनको लागि अन्तर्बाता भएको थियो र ग्लोकल टीन हिरो समापन समरोहका बिच बिजेता घोषणा गरी उनिहरुलाई सम्मनित गरिएको थियो। देश भरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन ग्लोकलसँग बिभिन्न अन्तराष्ट्रिय सँघसंस्थाहरु साझेदारका रुपमा जोडीएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL