Logo

पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको भाडा बढ्यो, निगमलाई वार्षिक ८० करोड हाराहारी व्ययभार थपिने

पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको भाडा बढ्यो, निगमलाई वार्षिक ८० करोड हाराहारी व्ययभार थपिने



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरको भाडा वृद्धि गरेको छ । शुक्रबारदेखि लागू हुने गरि इन्धन ढुवानी गर्ने करिब १९ सय ट्यांकरको भाडा वृद्धि गरिएको ा निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् ।

दुई वर्षअघि निगमले गरेको भाडा समायोजन सम्बन्धी अध्ययनमा १० प्रतिशतसम्म भाडा बढ्दा निगमलाई वार्षिक ८० करोड हाराहारी व्ययभार थपिने निष्कर्ष निकालिएको थियो । सञ्चालक समितिले कात्तिक २७ मा गरेको निर्णयअनुसार निगमले १ पुसमा भाडा वृद्धि कार्यान्वयन गरेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

ढुवानी भाडा कम्तीमा पाँचदेखि १० प्रतिशत सम्मले बढेको छ । देशभरका आन्तरिक र बाह्य गरेर ३६ वटा गन्तव्यमा इन्धन ढुवानी गर्ने ट्यांकरले बढेको भाडा निगमबाट पाउँछन् ।

स्थानीय १५ किलोमिटरसम्म न्युनतम ३८२ रुपैयाँ १८ पैसाले भाडा बढ्दा अधिकतम् वीरगन्जदेखि थानकोट र सिनामंगलस्थित डिपोसम्मको ढुवानी भाडा क्रमश ६ हजार ६३० रुपैयाँ २० पैसा र ६ हजार ६९० रुपैयाँ ५५ पैसाले बढीको छ।

प्रतिक्रिया दिनुहोस्
MBL