Logo

३५ करोड लागतमा नेशनल लाईफले नयाँ भवन बनाउँदै, आधुनिक प्रविधिसहित अन्डरग्राउन्ड पार्किङको सुविधा

३५ करोड लागतमा नेशनल लाईफले नयाँ भवन बनाउँदै, आधुनिक प्रविधिसहित अन्डरग्राउन्ड पार्किङको सुविधा



काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले करिव ३५ करोडको लागतमा भवन बनाउने भएको छ । कम्पनीले नेपालगंज सुर्खेत रोडमा करिब ३५ करोडको लगानीमा ७ तले अत्याधुनिक सेवा सुविधा सहितको व्यापारिक भवन निर्माण गर्न लागेको हो । मंसिर २२ गते ७ बजेर ३१ मिनेटको शुभ साईतमा अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले उक्त भवनको जग पुजा सम्पन्न गर्दै भवन निर्माणको औपचारिक शिलान्यास गरेकी छन् ।

जग पुजा तथा शिलान्यास कार्यक्रममा कम्पनीका अध्यक्ष, संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत, कम्पनीका विभिन्न शाखा कार्यालयहरुका कर्मचारीहरु लगायत सो क्षेत्रका वरिष्ठ अभिकर्ताहरु सहित करिब १०० जनाको उपस्थिती रहेको थियो ।

नेपालगंजस्थित सुर्खेत रोडमा रहेको करिव साँढे ४ कट्ठा जमिनमा निर्माण गर्न लागेको उक्त अत्याधुनिक भवन, सुविधा सम्पन्न अण्डरग्राउण्ड पार्किङ सहितको हुनेछ भने भवनको निर्माण सम्पन्न भएपछि सो भवनमा कम्पनीको कार्यालयको अतिरिक्त अन्य व्यापारिक कार्यालयहरु समेत सञ्चालन गर्न सकिनेछ ।

आधुनिक प्रविधि सहित नेपालगंजकै नमूना भवनको रुपमा सम्पन्न हुन लागेको हुँदा सो भवन निर्माण पछि नेपालगंज लुम्विनी प्रदेशकै व्यापारिक हव बन्न सहयोग पुग्ने प्रक्षेपण गरिएको छ ।

कम्नपीले नियामक निकाय नेपाल बीमा प्राधिकरणसँग पूर्व स्वीकृति लिएर भवन निर्माण गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL