Logo

हट्यो आयात प्रतिबन्ध : गाडी, मोटरसाइकल, मोबाइल र मदिरा आयात खुला

हट्यो आयात प्रतिबन्ध : गाडी, मोटरसाइकल, मोबाइल र मदिरा आयात खुला



काठमाडौं । सरकारले गत वैशाखदेखि लगाएको विभिन्न चार वस्तुको आयात प्रतिबन्ध फुकुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पुस १ देखि लागु हुनेगरी प्रतिबन्ध हटाउने निर्णय गरेको हो । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ४ प्रकारका विलासी वस्तु आयातमा कायम प्रतिबन्ध पुस १ देखि हटाउने निर्णय गरेको हो ।

यससँगै गाडी, मोबाइल, मदिरा र मोटरसाइकलको आयात प्रतिबन्ध फुकुवा भएको छ । पुस १ देखि प्रतिबन्ध फुकवाका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

आयात प्रतिबन्ध हटाउन यसअघि नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई सुझाव दिएको थियो । केही दिनअघि मन्त्रालयले आयात प्रतिबन्ध हटाउने प्रस्ताव मन्त्रिपरिषद्‍मा पेश गरेको थियो ।

सरकारको ढुकुटीमा विदेशी विनिमय सञ्चिति कम हुँदै गएपछि वाणिज्य मन्त्रालयले गत १३ वैशाखदेखि १० प्रकारका विलासी वस्तुमा आयात प्रतिबन्ध घोषणा गरेको थियो । तीमध्ये भदौमा ६ प्रकारका वस्तुको आयात प्रतिबन्ध खुलाई बााकी ४ प्रकारका बस्तुहरु सबै प्रकारका निजी चार पांग्रे सवारीसाधन, १५० सीसीमाथिका मोटरसाइकल, विदेशी तयारी मदिरा र ३ सय डलरमाथिका मोबाइल फोन आयात प्रतिबन्ध लगाएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL