Logo

रियलमीको ‘उत्सवको बहार हरेक दिन उपहार’ को विजेता घोषणा, यी हुन् विजेता

रियलमीको ‘उत्सवको बहार हरेक दिन उपहार’ को विजेता घोषणा, यी हुन् विजेता



काठमाडौं । रियलमीले ‘उत्सवको बहार, हरेक दिन उपहार’ क्याम्पेनको विजेताहरू घोषणा गरेको छ ।

गत असोज १० गतेदेखि गते कार्तिक १४ गते सम्म सुरु भएको उक्त क्याम्पेनअन्तर्गत बुटवलकी सन्ध्या सिंह ठकुरी (गौरा कालिका मोबाइल) ले ६५ इन्चको कोनका ४ के टेलिभिजन र बाग्लुङका पूर्णबहादुर मल्ल (अलिशामोबाइल सेन्टर) ले ७ केजीको वाशिङ मेसिन जित्न सफल भएका छन् ।

त्यस्तै सामाखुसीका सुजन बस्नेत (लमजुङ इलेक्ट्रोनिक्स) ले रियलमी ९ ४ जि (८-१२८जिबि) जित्न सफल भएका छन् । रियलमीले चाडबाडको समयमा आफ्ना उपभोक्ताहरूलाई स्मार्टफोन, टेलिभिजन, वाशिङ मेसिन लगायतका विभिन्न उपहारहरू प्रदान गर्ने अफर ल्याएको थियो ।

त्यस्तै उक्त अफरमा डेली प्राइज अन्तर्गत कोनका मिक्सर, हिटर, भ्याकुम क्लिनर, राइस कुकर,रियलमी सि ३०(२३२ जिबि) लगायतका उपहारहरू पनि समावेश थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL