Logo

प्रतिनिधिसभा प्रत्यक्षतर्फ ६५ सिटको नतिजा सार्वजनिक, कुन दलबाट कसले जिते (नामसहित)

प्रतिनिधिसभा प्रत्यक्षतर्फ ६५ सिटको नतिजा सार्वजनिक, कुन दलबाट कसले जिते (नामसहित)



काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि गत आइतबार सम्पन्न मतदानअन्तर्गत प्रत्यक्षतर्फको नतिजा आउने क्रम जारी छ । आज (बिहीबार) बिहान ६ सम्म सार्वजनिक नतिजाअनुसार नेपाली कांग्रेस सबैभन्दा अगाडि रहेको छ ।

सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी गठबन्धन गरेको कांग्रेसले ९१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको थियो । जसमध्ये अहिलेसम्म कांग्रेसका २६ प्रतिनिधिसभा सदस्य उम्मेदवारहरु विजयी भइसकेका छन् । नेकपा एमाले १२ स्थानमा प्रतिनिधिसभा सदस्य जितेर कांग्रेसलाई पछ्याइरहेको छ ।

सत्ता बाहिर रहेका विभिन्न दलहरुसँग चुनावी गठबन्धन गरेको एमालेले १४१ स्थानमा उम्मेदवारी दिएको छ । सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले ४६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारहरु खडा गरेको थियो । पछिल्लो मत परिणामअनुसार माओवादीले ७ स्थानमा जित हात पारेको छ ।

२१ स्थानमा उम्मेदवारी दिएको सत्ता गठबन्धनकै अर्को दल नेकपा एकीकृत समाजवादीले ६ र नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीले ४ सिट जितेको छ । सत्ता गठबन्धनमा रहेका दलहरु राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले १–१ सिटमा जित निकाल्दा एमालेसँग गठबन्धनमा अनुबन्धित जनता समाजवादी पार्टी (जसपा) पनि १ स्थानमा जितेको छ ।

एमालेसँगै चुनावी तालमेलमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दुई स्थानमा जित सुनिश्चित गरेको छ । स्थानीय तह निर्वाचनको संघारमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले १ सिट जित्दा बर्दियामा १ जना स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन् ।

बिहीबार बिहानसम्म प्रतिनिधिसभा सदस्यमा निर्वाचितहरुको सूची

नेपाली कांग्रेस
(१) मुस्ताङ– योगेश शेरचन
(२) मनाङ– टेकबहादुर गुरुङ
(३) काठमाडौं १ – प्रकाशमान सिंह
(४) काठमाडौं ३ – सन्तोष चालिसे
(५) काठमाडौं ४– गगनकुमार थापा
(६) काठमाडौं ५ – प्रदीप पौडेल
(७) रसुवा– मोहन आचार्य
(८) ललितपुर १– उदय शमशेर जबरा
( ९) तनहुँ २ – शंकर भण्डारी
(१०) डडेल्धुरा– शेरबहादुर देउवा
(११) काठमाडौं १० – राजेन्द्रकुमार केसी
(१२) पर्सा ४ – रमेशकुमार रिजाल
(१३) सुर्खेत २ – हृदयराम थानी
(१४) ओखलढुंगा– रामहरि खतिवडा
(१५) झापा १– विश्वप्रकाश शर्मा
(१६) पर्सा १– अजयकुमार चौरसिया
(१७) गोरखा १– राजेन्द्र बजगाँई
(१८) म्याग्दी– खमबहादुर गर्बुजा
(१९) अछाम २ – पुष्पबहादुर शाह
(२०) कैलाली ४ – वीरबहादुर बलायर
(२१) दार्चुला – दिलेन्द्र प्रसाद बडू
(२२) कञ्चनपुर ३ – रमेश लेखक
(२३) कञ्चनपुर २– एनपी साउद
(२४) मोहनबहादुर बस्नेत
(२५) दैलेख २ – दिक्पालकुमार शाही
(२६) भक्तपुर २ – दुर्लभ थापा

नेकपा एमाले
(१) उदयपुर २ – अम्बरबहादुर रायमाझी
(२) काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ
(३) ललितपुर २– प्रेमबहादुर महर्जन
(४) गुल्मी २ – गोकर्ण विष्ट
(५) झापा २ – देवराज घिमिरे
(६) झापा ५ – केपी शर्मा ओली
(७) ताप्लेजुङ– योगेश भट्टराई
(८) पर्सा ३ – राजकुमार गुप्ता
(९) अर्घाखाँची – टोपबहादुर रायमाझी
(१०) प्युठान – सूर्य थापा
(११) लमजुङ – पृथ्वीसुब्बा गुरुङ
(१२) मकवानपुर २ – महेश बर्तौला

नेकपा (माओवादी केन्द्र)
(१) सिन्धुली २– लेखनाथ दाहाल
(२) सिन्धुपाल्चोक १ – माधव सापकोटा
(३) बाग्लुङ २ – देवेन्द्र पौडेल
(४) रोल्पा – वर्षमान पुन
(५) रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर
(६) जाजरकोट – शक्तिबहादुर बस्नेत
(७) गोरखा २ – पुष्पकमल दाहाल ‘प्रचण्ड’

नेकपा एकीकृत समाजवादी
(१) अछाम १ – शेरबहादुर कुँवर
(२) बारा ४ – कृष्णकुमार श्रेष्ठ
(३) बझाङ – भानुभक्त जोशी
(४) दैलेख १ – अमरबहादुर थापा
(५) डोटी – प्रेम आले
(६) सल्यान – प्रकाश ज्वाला

राष्ट्रिय स्वतन्त्र पार्टी
(१) काठमाडौं ७ – गणेश पराजुली
(२) काठमाडौं ८ – विराजभक्त श्रेष्ठ
(३) काठमाडौं २ – सोबिता गौतम
(४) काठमाडौं ६ – शिशिर खनाल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
(१) बाँके २ – धवलसमशेर जबरा
(२) जुम्ला – ज्ञानेन्द्रबहादुर शाही

जनता समाजवादी पार्टी (जसपा)
(१) पर्सा १ – प्रदीप यादव

राष्ट्रिय जनमोर्चा
(१) बाग्लुङ – चित्रबहादुर केसी

लोकतान्त्रिक समाजवादी पार्टी
(१) रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला

नागरिक उन्मुक्ति पार्टी
(१) कैलाली १– गंगाराम चौधरी

स्वतन्त्र
(१) बर्दिया २ – लालवीर चौधरी

प्रतिक्रिया दिनुहोस्
MBL