Logo

बीमा समिति अब बीमा प्राधिकरण, बीमा विधेयक लागू

बीमा समिति अब बीमा प्राधिकरण, बीमा विधेयक लागू



काठमाडौं । बीमा समिति अब बीमा प्राधिकरणको रुपमा रुपान्तरण भएको छ । हालसम्म समितिको रुपमा बीमा क्षेत्रको नियमन गर्दै आएको बीमा समिति आज मंगलबारदेखि प्राधिकरणको रुपमा रुपान्तरण भएको हो ।

भदौ अन्तिममा संघीय संसद्बाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएको थियो । राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महिनामा लागू हुने कानुनी प्रावधानअनुसार उक्त विधेयक आजदेखि लागू भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL