Logo

अक्टोबरमा आए ८८ हजार बढी पर्यटक, ३० हजार युरोपेलीले घुमे नेपाल

अक्टोबरमा आए ८८ हजार बढी पर्यटक, ३० हजार युरोपेलीले घुमे नेपाल



काठमाडौं । नेपालमा गत अंग्रेजी महिना अक्टोबरमा मात्रै ८८ हजार ५ सय ८२ जना पर्यटक नेपाल आएका छन् । अध्यागमन विभागका अनुसार विभिन्न देशबाट यस अवधिमा उक्त संख्यामा पर्यटक नेपाल घुम्न आएका हुन् ।

laxmi

विभागका अनुुसार अक्टोबर महिनामा सार्क राष्ट्रहरुबाट मात्रै २१ हजार २ सय ४१ जना पर्यटक नेपाल भित्रिएका छन् । यस्तै युरोपबाट ३० हजार ४ सय ९०, अमेरिकाबाट १३ हजार, अष्ट्रेलिया र न्युजिल्याण्डबाट ४ हजार ३ सय, मध्यपूर्वी मुलुकहरुबाट १ हजार, एशियाका अन्य देशबाट ६ हजार ८ सय र अन्य मुलुकहरुबाट १० हजार बढी पर्यटक नेपाल भित्रिएका हुन् ।

देशका आधारमा भन्दा यस अवधिमा सबैभन्दा बढी पर्यटक भारतबाट आएको देखिन्छ । विभागको तथ्यांक अनुसार अक्टोबर महिनामा भारतबाट १६ हजार ९ सय १० जना पर्यटक नेपाल भित्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL