Logo

चालू आवमा नेपालको आर्थिक वृद्धि ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

चालू आवमा नेपालको आर्थिक वृद्धि ५.१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण



काठमाडौं । विश्व बैंक नेपालले चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सोमबार नेपाल डेभलपमेन्ट अपडेट प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकले यस्तो प्रक्षेपण गरेको हो ।

मौद्रिक नीतिको सामान्यीकरण, कोरोनको प्रभाव कम हुनुले यस्तो आर्थिक वृद्धि हासिल गर्न सकिने विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ ।

सेवा क्षेत्रमा पर्यटनको विशेष देनसंगै उद्योग क्षेत्र विस्तारले उचित आर्थिक वृद्धिलाई सहयोग गर्ने विश्व बैंकको भनाइ छ । यस अवधिमा जलविद्युतको बढ्दो उत्पादन र पूर्तिले औद्योगिक उत्पादनमा ठूलो सहयोग पुर्याउने बताइएको छ ।

तर रासायनिक मलको पूर्तिमा हुने गिरावटले भने केही असर गरेपनि चालू आवमा मुद्रास्फिति ५.३ प्रतिशत पुग्ने अनुमान विश्व बैंकको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL