काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बुधबारको तुलनामा घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
यो अघिल्लो दिन बुधबारको तुलनामा १ सय रुपैयाँले कम हो । बुधबार नेपाली बजारमा सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको थियो ।
यस्तै आज चाँदीको मुल्य पनि प्रतितोला ५ रुपैयाँले घटेको छ । बुधबार प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला ११ सय ७० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ ।