Logo

तिहारमा प्लास्टिकका फूल माला बेच्न पुर्ण प्रतिवन्ध, बेचेको पाइएमा १ लाखसम्म जरिवाना

तिहारमा प्लास्टिकका फूल माला बेच्न पुर्ण प्रतिवन्ध, बेचेको पाइएमा १ लाखसम्म जरिवाना



काठमाडौं । सरकारले तिहारमा प्लास्टिकका फूल र यसका माला बेच्न निषेध गरेको छ । वातावरण विभाले बिहीबार एक सूचना जारी गर्दै तिहारमा प्लास्टिकका खेलौना तथा फूल बेच्न पुर्ण रुपमा प्रतिवन्ध लगाएको हो ।

laxmi

यस्ता सामग्री बेचेको पाइएमा सरकारले त्यस्ता विक्रेतालाई १ लाख रुपैयाँसम्म जरिवानाका साथै कारवाही गरिने सूचनामा उल्लेख छ ।

यसअघि नै साउन १ गतेदेखि वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोकलगाईसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL