Logo

शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षमा निधन

शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षमा निधन



काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको १०३ वर्षको उमेरमा निधन भएको छ । जोशीको आज विहान ७ बजेर ९ मिनेटमा निधन भएको हो ।

laxmi

केही समयअघि देखि ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत जोशीको आज बिहान निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

मुटु र प्रोष्टेटको समस्या भएका जोशीलाई पछिल्लो समय डेंगु संक्रमण भएको थियो । केही दिन अघिसम्म अस्पताल प्रशासनले जोशीको स्वास्थ्यमा केही सुधार आइरहेको जानकारी दिएपनि पछिल्लो समय गम्भीर बन्दै गएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL