Logo

आयोनुनको मूल्य ३ रुपैयाँले बढ्यो, ग्राहकलाइ प्रति प्याकेट २०

आयोनुनको मूल्य ३ रुपैयाँले बढ्यो, ग्राहकलाइ प्रति प्याकेट २०


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता
२८ मंसिर, काठमाडौं । आयोडिन युक्त नुनको मुल्य ३ रुपैयाले बढाएको छ । साल्ट टे«डिङ कर्पोरेसन  लिमिटेडले प्रतिप्याकेट १५ पर्ने नुन तीन रुपैया बढाएर १८ पु¥याएको छ ।  यस अघि खुद्रा पसलमा १५ रुपैया पर्ने नुनलाई १७ र अहिले १८ हुंदा २० रुपैयामा विक्रि भइरहेको छ ।
पाँच बर्षदेखि नुनको मूल्य बृद्धि नभएको र लागत मूल्य बढेदा कर्पोरेशनले मासिक करोडौं रुपैयाँ घाटा व्यहोर्नु परेकोले नुनको भाउ बढाएको कर्पोंरेशनले जनाएको छ ।
कर्पोरेशनका अनुसार नुनबाट मात्रै बाषिर्क ३० करोड रुपैयाँ घाटा व्यहोर्नु परेको छ ।   हाल आयोडिनयुक्त नुनमा मात्र मुल्य बढाएको र ढिका नुनको मूल्य यथावत रहेको समेत कर्पोरेटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL