Logo

प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रतितोला एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य १ हजार रूपैयाँले घटेको छ । शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले घटेर ९१ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले घटेर ११ सय ७० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL