Logo

अवैध होर्डिङ बोर्ड हटाउन काठमाडौं महानगरपालिकाको निर्देशन, बन्द नगरे प्रहरी परिचालन गरिने

अवैध होर्डिङ बोर्ड हटाउन काठमाडौं महानगरपालिकाको निर्देशन, बन्द नगरे प्रहरी परिचालन गरिने



काठमाडौं । राजधानी सहरलाई कुरुप पार्ने गरी बाह्य विज्ञापन निषेध गरिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले बुधबार एक सूचना जारी गरी अनुमति नलिई वा विज्ञापन गर्न अनुमति लिएको अवधि समाप्त भएपछि समेत निरन्तर होर्डिङ बोर्ड, डिजिटल बोर्ड र अन्य माध्यमसमेतबाट बाह्य विज्ञापन गरिरहेको देखिएको जनाएको छ ।

laxmi

यस्ता विज्ञापन आजैदेखि हटाउन महानगरपालिकाले सरोकार भएका सबैसँग आग्रह गरेको छ । उच्च अदालत पाटनले गत भदौ ३० गते दिएको आदेशअनुसार पनि यस्ता विज्ञापनमाथि रोक लगाइएको सूचनामा उल्लेख छ । सूचना उल्लङ्घन गरी बाह्य विज्ञापन जारी राखेमा महानगर प्रहरीले प्रचारप्रसार बन्द गर्ने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL