Logo

सुनको मूल्य ५ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य ५ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार पछिल्ले समय लगातार ओरालो लागिरहेको सुनको मूल्यले आज पनि निरन्तरता पाएको हो ।

मंगलबार प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज घट्दै प्रतितोला ९१ हजार ३ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि हिजोको तुलनामा प्रतितोला १० रुपैयाँले घटेको छ । मंगलबार प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला ११ सय ७० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL