Logo

अर्थमन्त्रीले भने, ‘कृषि कर्जामा गएको पैसा जग्गा किन्न प्रयोग भयो, अब रोक्छौं’

अर्थमन्त्रीले भने, ‘कृषि कर्जामा गएको पैसा जग्गा किन्न प्रयोग भयो, अब रोक्छौं’



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कृषि कर्जा शिर्षक अन्तरगत प्रबाह भएको रकम जग्गा खरिदमा प्रयोग भैरहेको बताएका छन् । निक्षेप तथा कर्जा सुरक्षण कोषको ४९ औं बार्षिकोत्सवका अवसरमा बोल्दै अर्थमन्त्री शर्माले कृषि कर्जाको दुरुपयोग भएको भन्दै यसलाई रोक्नुपर्ने बताएका हुन् ।

यस्तै अहिले राष्ट्र बैंकको नीतिअनुरुप कुल कर्जाको १५ प्रतिशत कृषि शीर्षक अन्तरगत प्रबाह भएपनि त्यसको प्रभावकारीता भएको उनको भनाई थियो । ‘कृषि कर्जा दुरुपयोगलाई कसरी रोक्ने भन्ने विषयमा केही दिनभित्रै अर्थ मन्त्रालयमा सम्बद्ध सरोकारवाला सहितको बैंठक राख्ने छु,’ उनले भने, ‘त्यही छलफलबाट एउटा निचोड निकालेर कृषि कर्जा लिएर जग्गा किन्ने काम रोक्ने छौं ।’

साथै देशमा ओद्योगिक क्रान्तिका लागि उद्योग र उत्पादनमुलक क्षेत्रमा अन्यको तुलनामा २ प्रतिशत कम ब्याजमा कर्जा दिनुपर्छ भन्ने मागलाई समेत सम्बोधन गरिने उनको भनाई थियो ।

साथै उनले कार्यक्रममा बैंक तथा वित्तीय संस्थाको लगानी औद्योगिक र उत्पादनमुलक क्षेत्रमा बढाउने नीति अबलम्बन गर्नुपर्ने भन्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ध्याकर्षण गराएका थिए । औद्योगिक क्षेत्रहरु लगानी अभावमा समस्यामा पर्न नहुने भन्दै त्यस्ता क्षेत्रलाई राज्यले संरक्षण दिनुपर्ने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL