Logo

बालेनको टुकुचा खोज्ने कार्यमा उच्च अदालत पाटनको रोक, संरचना नभत्काउन अल्पकालिन अन्तरिम आदेश

बालेनको टुकुचा खोज्ने कार्यमा उच्च अदालत पाटनको रोक, संरचना नभत्काउन अल्पकालिन अन्तरिम आदेश



काठमाडौं । महानगररले लुकेको टुकुचा खोला खोज्ने भन्दै थालेको अभियानमा उच्च अदालत पाटनले रोक लगाएको छ । उच्च अदालत पाटनले आईतबार टुकुचा खोलामाथि बनेका संरचनाहरु नभत्काउनले अल्पकालिन अन्तरिम आदेश जारी गरेको हो ।

न्यायाधीश दिपेन्द्रबहादुर बमको इजलासले जेनेक्स इन्भेस्टेमन्ट, उत्तरमान लामा र प्रेसिडेन्ट ट्राभल्स एन्ड टुर्सका नाममा रहेको काठमाडौं महानगरपालिका वडा नम्बर ७ स्थित कित्ता नम्बर ७, ३०३८ र ३०३९ को जग्गामाथि बनेका घरहरू कानुनी रित नपुर्याई र उचित क्षतिपूर्ति नदिई नभत्काउन आदेश दिएको हो ।

काठमाडौं महानगरपालिकाले बीच शहरमा हराएको टुकुचा खोज्नका लागि डोजरको सहायताले खोलामाथि बनेका संरचनाहरु पछिल्लो समय भत्काउने अभियान चालेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL