Logo

विश्व बैंकसँग ५३ अर्व सहुलियतपुर्ण ऋण लिन सम्झौता, पूर्वाधार विस्तारमा खर्च गरिने

विश्व बैंकसँग ५३ अर्व सहुलियतपुर्ण ऋण लिन सम्झौता, पूर्वाधार विस्तारमा खर्च गरिने



काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच क्षेत्रीय यातायात तथा व्यापार आवद्धता वृद्धि (एक्सेस) परियोजनाका लागि सम्झौता भएको छ । विश्व बैंकले नेपाललाई २७ करोड ५० लाख अमेरिकी डलर (३४ अर्ब ९६ करोड रुपैयाँ) सहुलियतपुर्ण ऋण दिनेगरी उक्त सम्झौता भएको हो ।

यस्तै डिजिटल नेपालको गति वृद्धि (डीएनए) परियोजनाका लागि पनि विश्व बैंकसँग सम्झौता भएको छ । उक्त परियोजनाका लागि नेपाललाई विश्व बैंकले १४ करोड डलर (१८ अर्ब रुपैयाँ) सहुलियत ऋण उपलब्ध गराउने छ ।

उक्त दुई सम्झौतापत्रमा अर्थसचीव कृष्णहरी पुष्कर र माल्दीभ्स, श्रीलंका र नेपालका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फरिस हदाद जर्भसले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता समारोहमा अर्थमन्त्री जनार्दन शर्मा र विश्व बैंकका दक्षिण एशिया क्षेत्रीय उपाध्यक्ष मार्टिन राईजर उपस्थित थिए ।

एक्सेस परियोजना अन्तर्गत पूर्व पश्चिम राजमार्गको बुटवल गोरुसिंगे चन्द्रौटा सडकको ६९ किलोमिटर २ लेनको सडकलाई ४ लेनको राजमार्गमा स्तरोन्नति गरिनेछ । यसले भारतका पश्चिमी बन्दरगाहसम्म पुग्ने समय ३० मिनेटले छोट्याउने सम्झौतामा उल्लेख छ ।

विशेष गरी महिला उद्यमी र व्यापारीहरुलाई आर्थिक अवसरहरु वृद्धि गर्नमा ध्यान दिँदै उक्त आयोजनाले राजमार्गमा आवश्यक इन्टरनेट र व्यापार सूचना सुविधासहितको कम्तिमा ३ ओटा बजार क्षेत्रहरु निर्माण गर्नेछ ।

यस्तै अर्काे परियोजना डिएनएले डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा सघाउनेछ । हाल ब्रोडब्याण्ड इन्टरनेटको पहुँचबाट बन्चित ग्रामिण क्षेत्रका नागरिकसम्म ब्रोडब्याण्ड इन्टरनेट पुर्याउने लक्ष्य उक्त परियोजनाले लिएको छ । यसका लागि निजी क्षेत्रको पुँजी परिचालन गरिने सम्झौतामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL