Logo

प्रतितोला ३ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

प्रतितोला ३ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो



काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । केहिदिन अघि मूल्य घटेर ९३ हजार रुपैयाँ प्रतितोला पुगेको सुनको मूल्य बढेर सोमबार ९३ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको थियो । पुनः मंगलबार पनि यसको मूल्य बढ्दै ९४ हजार रुपैयाँ प्रतितोला पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य पनि मंगलबारको तुलनामा प्रतितोला १० रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ११ सय १५ रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज बढ्दै प्रतितोला ११ सय २५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL