Logo

पोखराबाट जोमसोम उडेको समिट एअरको जहाजमा समस्या, आकस्मिक अवतरण

पोखराबाट जोमसोम उडेको समिट एअरको जहाजमा समस्या, आकस्मिक अवतरण



पोखरा । पोखराबाट जोमसोमका लागि उडेको समिट एअरको जहाजमा खराबी आएपछि पुनः पोखरा फर्काएर आकस्मिक अवतरण गरिएको छ ।

laxmi

आइतबार बिहान ७ बजेर ५९ मिनेटमा जोमसोम उडेको विमान सात मिनेटमै पुनः पोखरा विमानस्थलमा आकस्मिक अवतरण गरेको विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीले जानकारी दिए। चालकले इन्डिकेटरमा खराबीको संकेत थाहा पाएपछि आकाशमा एक फन्को मारेर सकुशल अवतरण गरेको उनले बताए ।

सुवेदीले भने, ‘पाइलटले इन्डिकेरटमा खराबी थाहा पाएपछि सकुशल अवतरण भएकोे छ ।’ चालकले इन्डिकेसनमा खराबीको संकेत विमानस्थलको टावरलाई दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL