Logo

प्रतितोला ९ सयले घट्यो सुनको मूल्य, बिहीबार ९३ हजारको आसपासमा कारोबार

प्रतितोला ९ सयले घट्यो सुनको मूल्य, बिहीबार ९३ हजारको आसपासमा कारोबार



काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको हो ।

नेपाली बजारमा बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य बिहीबार घट्दै प्रतितोला ९३ हजार १ सय रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले घटेको छ । बुधबार प्रतितोला १ हजार १ सय ३० रुपैयाँमा कारोबार भईरहेको चाँदीको मूल्य आज घट्दै प्रतितोला १ हजार १ सय रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL