Logo

नेपाल मर्चेन्ट बैंकर संघको संयोजनमा एमबान स्पाेर्ट्स मिट २०२२ हुँदै

नेपाल मर्चेन्ट बैंकर संघको संयोजनमा एमबान स्पाेर्ट्स मिट २०२२ हुँदै



काठमाडौँ । नेपाल मर्चेन्ट बैंकर संघको संयोजनमा ‘टुगेदर फर अ हेल्दी लाइफस्टाइल’ भन्ने नारासहित पहिलो पटक ‘एमबान स्पाेर्ट्स मिट २०२२’ अन्तर्गत विभिन्न खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको छ ।

उक्त प्रतियोगितामा नेपाल मर्चेन्ट बैँकर संघका सदस्य संस्था साथै नियमक निकाय तथा अन्य सरोकारवाला निकाय समेत सहभागी हुनेछन् । उक्त प्रतियोगितामा फुटसल, टेबल टेनिस र ब्याटमिण्टनलाई विभिन्न विधामा समावेश गरिएको छ । प्रतियोगितामा पुरुष तथा महिला विधामा टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्पर्धा हुनेछ भने पुरुष विधामा फुटसल प्रतिस्पर्धा समेत हुनेछ र सम्पूर्ण प्रतियोगिताहरु राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नियमहरुको अधिनमारही सञ्चालन हुनेछन् ।

सो कार्यक्रमको उद्घाटनसहित टेबल टेनिस र ब्याटमिण्टनका प्रतिस्पर्धा भदौ १७ र १८ गते भत्केको पुल अवस्थित धनवन्तरी फुटसलमा हुनेछन् । फुटसलका प्रतिस्पर्धा प्रतियोगिता समापनसहित भदौ २४ र २५ गतेका दिन चण्डाैल अवस्थित ढुकु फुटसल हवमा आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL