Logo

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारिका उप्रेती नियुक्त, ४ बर्षे कार्यकाल

वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारिका उप्रेती नियुक्त, ४ बर्षे कार्यकाल



काठमाडौं । वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारिका उप्रेती नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । उनीलगायत ३ जनालाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको सिफारिस समितिले कार्यकारी निर्देशकका लागि सिफारिस गरेको थियो ।

गत जेठ २० गते सिफारिस समितिले कार्यकारी निर्देशकका लागि आवेदन आह्वान गरेको थियो । जसमा ७ जनाले आवेदन दिएका थिए ।

आवेदन दिएकामध्ये बाराका निर्मलकुमार उप्रेती र डा. द्वारिका उप्रेती, लमजुङका तोयराज अधिकारी, काठमाडौंका दुर्गादत्त ढकाल, सुर्खेतका युवराज बस्नेत र पर्वतका हरिकुमार श्रेष्ठको आवेदन स्वीकृत भएको थियो । आवेदन स्वीकृत भएकामध्ये पनि समितिले उप्रेतीसहित युवराज बस्नेत र निर्मल उप्रेतीको नाम सिफारिस गरेको थियो ।

डा. उप्रेतीले बोर्डको ४ बर्षे कार्यकाल सम्हाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL