Logo

पाकिस्तानमा १४ बर्षयताकै उच्च मुल्यवृद्धि, तेल र पिठोको मुल्य बढ्दा बिक्न छाड्यो ‘पुरी’

पाकिस्तानमा १४ बर्षयताकै उच्च मुल्यवृद्धि, तेल र पिठोको मुल्य बढ्दा बिक्न छाड्यो ‘पुरी’



काठमाडौं । उच्च मुल्यवृद्धिका कारण सजिलो र स्वादिलो मानिएको पुरी सब्जी खाजा पाकिस्तानमा पाईन छोडेको छ । विश्व बजारमा भएको मुल्य वृद्धिकै कारण सडकका दायाँ बायाँ स्टल थापेर बस्ने व्यवसायीहरुले समेत पुरी बनाउन छाडेका हुन् ।

पाकिस्तानमै सडक छेउमा खाजा बनाएर बेच्ने मोहम्मद जावेद अव्वासी पछिल्लो समय सबैजसो वस्तुको मुल्य अत्याधिक बढेको तर, ग्राहक घटेको बताउँछन् ।

उनले ग्राहक घटेपछि र तेलसँगै आँटाकोसमेत मूल्य बढेपछि पुरी हल्वा खाजा दिनै छोडेको बताए । ‘सबैजसो वस्तुको मुल्य अत्याधिक बढेको छ जसका कारण ग्राहकहरुले खाजा खान कम गरेका छन्,’ उनले भने, ‘यसले पुरी हल्वा र पुरी सब्जीको व्यापार पनि घटेको छ ।’

पाकिस्तानमा पछिल्लो समय गहुँको पिठो, खाने तेल, विजुली लगायतको मुल्य उच्च रुपमा बढेको छ । पाकिस्तानको तथ्यांक व्युरोका अनुसार जुलाईमा बार्षिक मुल्यवृद्धि २४.९ प्रतिशत पुगेको छ । यो पछिल्ले १४ बर्षयताकै उच्च हो ।

प्रतिक्रिया दिनुहोस्
MBL