Logo

विश्वव्यापी रुपमै सुनचाँदीको मूल्यमा गिरावट, नेपालमा पनि घट्यो मूल्य

विश्वव्यापी रुपमै सुनचाँदीको मूल्यमा गिरावट, नेपालमा पनि घट्यो मूल्य



काठमाडौं । मंगलबार विश्वव्यापी रुपमै सुनचाँदीको मूल्यमा गिरावट आएको छ । विश्वव्यापी रूपमा सुनको बजार मूल्यमा गिरावट र स्पट मूल्यमा वृद्धि भएको छ।

मंगलबार बिहान कोमेक्समा सुनको विश्वव्यापी मूल्य ०.१२ प्रतिशत अर्थात २.१० डलरले घटेर १७९६ डलर प्रति औंसमा कारोबार भएको थियो । यसैबीच, सुनको विश्वव्यापी स्पट मूल्य ०.०८ प्रतिशत अर्थात १.३९ डलरले बढेर १७८१।१० डलर प्रति औंसमा कारोबार भएको छ ।

चाँदीको विश्वव्यापी मूल्य

यस्तै मंगलबार चाँदीको विश्वव्यापी स्पट र फ्युचर मूल्य दुवैमा गिरावट आएको छ। चाँदीको विश्वव्यापी हाट मूल्य ०.३० प्रतिशत अर्थात ०.०६ डलरले घटेर कोमेक्समा प्रति औंस २०.३५ डलरमा कारोबार भएको छ । त्यसैगरी, चाँदीको भाउ ०.२९ प्रतिशत अर्थात ०.०६ डलर घटेर २० दशमलव २१ डलर प्रति औंसमा कारोबार भएको छ ।

नेपालमा पनि घट्यो

विश्वव्यापी गिरावटसँगै नेपालमा पनि मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य ७ सय रूपैयाँले घटेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ४ सय रुपैयाँ कायम भएकोमा आज ७ सय रूपैयाँले घटेर ९६ हजार ७ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार २ सय रुपैयाँ कायम भएको छ । त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ३५ रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १२ सय २० रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL