Logo

२४ घण्टामा थपिए कोरोनाका ८८८ नयाँ संक्रमित, १ जनाको मृत्यु

२४ घण्टामा थपिए कोरोनाका ८८८ नयाँ संक्रमित, १ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका ८ सय ८८ नयाँ संक्रमित थपिएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा कुल ५ हजार ७ सय ३७ जनामा परिक्षण गर्दा ८ सय ८८ जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ३ हजार १ सय ५५ जनाको पीसीआर परीक्षण गर्दा ४ सय २७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै २ हजार ५ सय ८२ जनाको जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ ।

सोहि अवधिमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ रहेको छ । आज संक्रमणबाट निको भएर घर फर्किनेको संख्या ४ सय ७४ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL