Logo

अर्थमन्त्री भन्छन्, जनताका आकांक्षा पूरा गर्न देश आर्थिक एजेण्डामा केन्दित हुनुपर्छ

अर्थमन्त्री भन्छन्, जनताका आकांक्षा पूरा गर्न देश आर्थिक एजेण्डामा केन्दित हुनुपर्छ


रामराजा श्रेष्ठ
0
Shares

fm

बिजखबर संवाददाता

२५, मंसिर, काठमाडौं । अर्थमन्त्री डा रामशरण महतले जनताका आकांक्षाहरु पूरा गर्न मुलुक आर्थिक एजेण्डामा केन्द्रित भएर अघि बढ्नेपर्ने बताए । ‘देश अहिले साधन र स्रोतको सदुपयोग गर्न सरकार क्रियाशील रहेको छ,’  लमजुङ दुराडाडास्थित श्रीपाणिनी संस्कृत माध्यमिक विद्यालयको ४६ औं बार्षिकोत्सव तथा ४० औं अभिभावक दिवसका अवसरमा बोल्दै महतले भने, ‘खोलानालाबाट बगिरहेको पानीबाट बिजुली निकालेर आफ्नो आवश्यकता पूरा गर्ने र बढी भएको निर्यात गरी व्यापारघाटा घटाउन सरकार प्रयत्नशील रहेको छ ।’

युवाहरुले कामका लागि विदेश जानु नपर्ने चर्चा गर्दै उहाँले कृषि क्षेत्रमा अपार संभावना भएको र युवाहरुलाई रोजगारी दिन सरकारले ६ प्रतिशतको सस्तो व्याजमा कृषि कर्जाको व्यवस्था गरेको जानकारी दिए । ‘रुद्राक्ष तथा अम्रिसो बेचेर करोडौं आम्दानी गर्ने युवाहरु देशमै छन,’ उनले भने, ‘कम आम्दानीमा पसिना बनाउन विदेश जानुभन्दा पशुपालन तथा तरकारी खेतीमा लाग्नु राम्रो हुनेछ ।’ देशको हरेक ठाउँमा मोटरबाटो पुगिसेको बताउँदै अव गाउगाउँमा फलेका उत्पादनहरु सहजरुपमा बजारसम्म पु¥याउने सकिने बताए ।
देश आर्थिक रुपमा अघि बढेको बताउँद नेपाललाई समृद्धितर्फ लैजाने सोच अव सबैमा आउनु पर्ने उनको भनाइ थियो । लमजुङ दुराडाडा चेतनाको खानी भएको चर्चा गर्दै डा महतले संस्कृत शिक्षा हाम्रो पहिचान भएकोले यसको रक्षाका लागि विद्यालयले गरेका प्रयासहरु अनुकरणीय भएको बताए ।

संबिधान समयमै निर्माण हुनुपर्नेमा जोड दिदै अर्थमन्त्री डा महतले जनताको चाहना लोकतान्त्रिक संबिधान भएको र सो दिने प्रतिनिधिमूलक थलो संबिधान सभा बताए । ‘सकभर सहमतिमा संविधान बनाउनुपर्छ,’ उनले भने, ‘यदि सहमतिबाट भएन भने प्रक्रिायाबाटै भएपनि संविधान जारी गरिनेछ ।’ साथै, आर्थिकरुपले धान्न नसक्ने संघीयता बनाउन नहुने बताउँदै जात जातिबीच फुट ल्याउने संघीयता पनि स्वीकार्य नहुने उनको भनाइ थियो ।

सो अवसरमा सभासद चन्द्रबहादुर कुँवरले आफ्नो गाउँमा बाटो बिस्तार र पीचको आवश्यक रहेको बताए । सो अवसरमा सभासद भीष्म अधिकारी दुरेडाडा सेवा समाजका उपाध्यक्ष कृष्ण अधिकारी लगायतका वक्ताहरुले बोलेका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL