Logo

एक दिनमै ९१२ कोरोनाका नँया संक्रमित थपिए, १ जनाको मृत्यु

एक दिनमै ९१२ कोरोनाका नँया संक्रमित थपिए, १ जनाको मृत्यु



काठमाडौं । नेपालमा एकै दिन थप ९ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४ सय ९१ जनाको परिक्षण गर्दा उक्त संख्यामा कोरोना पुष्टि भएको हो ।

कुल ६ हजार ४ सय ९१ जनाको परिक्षण मध्ये २ हजार ९ सय ४१ जनाको पीसीआर परिक्षण गर्दा ५ सय २९ जना र ३ हजार ५ सय ५० जनाको एण्टिजेन परिक्षण गर्दा ३ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त अवधिमा निको भएर भर जानेको संख्या ३ सय ७० रहेको छ ।

यस सँगै पछिल्लो २४ घण्टाको अवधिमा १ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL