Logo

देउबाले बोलाए मन्त्रीपरिषद बैठक, आजै निर्वाचनको मिति घोषणा गर्ने तयारी

देउबाले बोलाए मन्त्रीपरिषद बैठक, आजै निर्वाचनको मिति घोषणा गर्ने तयारी



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्रीले आज दिउँसो १ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाएको बालुवाटार स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार संघीय संसदको निर्वाचनको मितिका बारेमा छलफल गर्नका लागि आज मन्त्रिपरिषदको बैठक बोलाइएको हो ।

मन्त्रिपरिषद बैठकले संघ र प्रदेशको निर्वाचन मिति तोक्न सक्ने सम्भावना रहेको छ । बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँच दलीय सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले आगामी ४ मंसिरमा एकै चरणमा निर्वाचन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाएका थिए ।

त्यस सुझावका आधारमा प्रधानमन्त्री देउवाले मन्त्रीपरिषद बैठकमार्फत प्रदेश र संघको निर्वाचन तोक्नेसक्ने एक मन्त्रीले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL